२४ जेष्ठ २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : सर्वोच्चद्वारा निलम्बित सचिव पाण्डेलाई रिहा गर्न अस्वीकार

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ ।

पाण्डेले दायर गरेको बन्दी पत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले रिहा गर्न अस्वीकार गरेको हो ।

पाण्डेकी श्रीमती मञ्जु पाण्डेले माघ ११ गते दायर गरेको रिटमा पाण्डेको स्वास्थ्यमा समस्या रहेको र उचित उपचारको आवश्यक देखाउँदै रिहाइको माग गरिएको थियो। अदालतले उचित स्वास्थ्योपचारको व्यवस्था गर्न भने आदेश दिएको छ।