२१ जेष्ठ २०८३, बिहिबार

अन्ततः छुट्टिए एलिना र विष्णु

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ ।

जिल्ला अदालत काठमाडौंमा उनीहरूले आज सम्बन्ध विच्छेद गरेका हुन् । केहि समयअघि एलिनाले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरु विवाहको ९ महिनामै छुट्टिएका हुन् । एलिनाले विष्णुसँग केही पनि नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।

सम्बन्धविच्छेदपछि एलिनाले स्टाटस लेख्दै सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको बताएकी छिन् ।

एलिनाले भनेकी छन्, ‘प्रिय बिष्णु,अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।’