
काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताए ।
उनले भने, ‘समग्र क्रियाकलापमा सरकारले संसदलाई मिनीमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन् ।
आजको विषयसूचीमा नियमावलीको व्यवस्था अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं । त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो । हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन । त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो । के सरकारले नियमपालना गर्नु पर्दैन् ? ।’
यस्तै, उनले संसदले सँधै सरकारले जे जे भन्छ त्यही अनुसार गर्ने होकी वा जनताका प्रतिनिधिले बनाएको विषयवस्तु सरकारले पनि पालना गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।







प्रतिक्रिया