१३ असार २०८३, शनिबार

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले श्री वलीलाई उक्त पदमा आज नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।