२७ जेष्ठ २०८३, बुधबार

खाना पकाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तलसीपुर, २९ माघ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वली गत माघ २१ गते घरको चुल्होमा खाना पकाउने क्रममा जलेर घाइते भएकी थिइन् । कपडामा आगो सल्किँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।