
काठमाडौं, २९ माघ । सुनको मूल्यमा वृद्धि भएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले वृद्धि भएर तोलाको एक लाख ७० हजार २०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने केही घटेको छ । चाँदी आज १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया