
रूपन्देही, २८ माघ । जिल्ला अदालत रूपन्देहीले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सुप्रीम सहकारी ठगी प्रकरणमा आज जिल्ला न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जोशी आज अदालतमा उपस्थित भएका थिए ।
सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेको थिए।
यसअघि अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो ।









प्रतिक्रिया