
काठमाडौं, २८ माघ । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियुक्त भएका छन् ।
विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथामार्फत उनीहरुका घर आगन र परिवारसम्मै पुर्यउन मद्दत गर्नेछन् ।
नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने कम्पनीले जनाएको छ । कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाई छ ।
साइग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरुलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्रामलगायतमा सञ्जालहरुमा पोस्ट गरिने पनि कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचन मार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ ।








प्रतिक्रिया