
काठमाडौं, २८ माघ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई संसद भवन, सिंहदरबार भत्काउन चुनौती दिएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कवाडी व्यवसायीमाथि मेयर बालेनले अत्याचार गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘बालेनलाई मेरो च्यालेन्ज ! सक्छौ भने संसद् भवन भत्काउ, सिंहदरबार सर्वोच्च रामशाह पथमा रहेको सर्वोच्च अदालत भत्काएर देखाऊ, उनले भने, ‘अब यो शैली चल्दैन। हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा गएर बस्ने अधिकार छ।’












प्रतिक्रिया