११ असार २०८३, बिहिबार

जसपा नेपालले आफ्नो अडान र मुद्दा छोड्छ भन्ने लाग्दैन : प्रचण्ड

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल आफ्नो अडानलाई छोड्छ भन्ने नलागेको बताएका छन् ।

आज जनकपुरधाममा अध्यक्ष प्रचण्डले जसपा, नेपाले आफ्नो अडान र मुद्दा छोड्ने विश्वास आफूले नगरेको बताएका हुन्।

‘उहाँ आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन। उहाँहरूले निर्णय गर्नै बाँकी छ। बैठकबाट निर्णय गर्नुहोला, उनले भने, ‘यदि उहाँहरूले आफ्नो अडान छाड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’

दाहालले संसद्‌को अधिवेशन बोलाउने समयमा अध्यादेश ल्याएकोमा आपत्ति जनाए ।