२१ असार २०८३, आइतबार

भीमफेदीमा ग्यास बुलेट पल्टियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २८ माघ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ रातोमाटेमा ग्यास बुलेट दुर्घटना भएको छ ।

हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो। ग्यास बुलेट दुर्घटना हुँदा सडक एकतर्फी अवरुद्ध भएको छ ।

ग्यास बुलेटका चालक र सहचालक दुवै सकुशल छन्।