
काठमाडौं, २८ माघ । सन नेपाल लाइफले मलेसियास्थित नेपाली आप्रवासी कामदारलाई वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले कम्पनीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमिल्सिना रहेका थिए । साथै, कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा ३२ हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया