१९ असार २०८३, शुक्रबार

प्रचण्डलाई पदम गिरीको प्रश्न- क्यान्टोनमेन्टको अर्बौ रूपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर भनौँ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेकपा (एमाले) का सांसद पदम गिरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लगाएको आरोपप्रति आपत्ति जनाएका छन् ।

हल्लाको कुरामा प्रधानमन्त्रीलाई जोडेर संसदीय छानबिन समितिको कुरा उठाइएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रचण्डले माघ २४ गते संसद्‍मा दिएको पछिल्लो अभिव्यक्ति तर्क र तथ्यहीन तथा घृणा फैलाउने रहेको भन्दै आपत्ति जनाए । उनले आधारहीन कुरामा छानबिन गर्ने हो भने प्रचण्ड स्वयम् तानिने पनि बताए ।

‘बजार हल्लाको नीच विषयलाई लिएर पूर्वप्रधानमन्त्रीले स्वीस बैंकको पैसा, कम्बोडियाको लगानी छानबिन गरौं भनेर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने हो भने हिजो तपाईंहरूसँग लडेका साथीहरूले भनिरहेका छन्, क्यान्टोनमेन्टको अर्बौ रूपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर’, उनले भने, ‘हिजो युद्धको बेला बैंक लुटपाट गरेको पैसाजति अमेरिकाको लस भेगसको ठूलो जुवाघरमा लगानी भएको छ भन्ने प्रचार भइरहेको छ । के अब हामी यस्तैको पछि लागेर संसदीय छानबिन समिति बनाऊँ भनौँ ?’ ।

उनले प्रचण्डले हावादारी कुरा गरेको भन्दै संयमता अपनाउन आग्रह गरे ।