
काठमाडौं, २७ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द जोशी रिहा भएका छन् । उनी आज धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
जिल्ला अदालत काठमाडौंले उनीसँग एक लाख धरौटी माग गरेको थियो । तर धरौटी रकम बुझाउन नसक्दा उनी जेल चलान भएका थिए जोशीसहित तीनजनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको छ ।
रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको पहलमा एकलाख जुटाएर धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।









प्रतिक्रिया