२८ असार २०८३, आइतबार

रक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो।

तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको लुकिङग्लास भाँचिएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भइसकेको बताइएको छ ।