९ असार २०८३, मंगलबार

विद्यालयबाट फर्किंदै गरेकी किशोरीमाथि चक्कु देखाएर बलात्कार

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धनगढी, २७ माघ । कैलालीको धनगडढीमा विद्यालयबाट फर्किरहेकी किशोरी बलात्कृत भएकी छिन् ।

बिहिबार साँझ विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया किशोरीमाथि १८ वर्षीय युवकले चक्कु देखाएर बलात्कार गरेका हुन् । बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढी बस्दै आएकी थिइन् । उनी कक्षा ७ मा अध्ययनरत छिन् ।

प्रहरीले युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।