
चितवन, २६ माघ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ध्रुवे हात्ती भन्दा पनि अराजक भएका बताएका छन् ।
चितवनमा आज एमाले माडी नगरकमिटीको अधिवेशन उद्घाटन् गर्दै उनले प्रचण्ड र रवि ध्रुवे हात्ती भन्दा पनि अराजक बनेका बर्ताएका हुन् । उनले देशलाई विकासको धारमा दौडाउन सक्ने पार्टी एमाले मात्रै रहेको बताए ।
एमाले विना विकास सम्भव नरहेको बताउँदै उनले एमाले सरकारमा आउँदा देश विकास हुने डरले विकास विरोधीहरू सल्बलाउने गरेका स्पष्ट पारे ।








प्रतिक्रिया