२ असार २०८३, मंगलबार

नीतिगत र कानुन सुधार मन्त्रालयको प्राथमिकतामा छ : गृहमन्त्री

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् ।

शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार मन्त्रालयको पहिलो काम भएको बताएका हुन् ।

उनले सोहीअनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्रप्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको बताए ।
उनले भने, ‘नागरिकता सम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धी ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छौँ । जग्गाप्राप्ति सम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ । यस्तै संघसंस्था सम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीनवटा कानुन संशोधनकालागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछौँ । चाँडै पास गर्छाैं ।’

नेपाल प्रहरी ऐन सम्बन्धी विधेयकमा सेवाप्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको पनि गृहमन्त्रीको भनाइ छ ।

साथै,उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको भन्दै विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्ने बताए ।

नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरुमा महत्त्वपूर्ण काम गरेको पनि जानकारी दिए । उनले भने, ‘क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ ।’

यस्तै, गृहमन्त्री लेखकले लागू औषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौति देखिएको पनि उल्लेख गरे ।