२५ जेष्ठ २०८३, सोमबार

प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधी अहिले लाज नमानी हाँकाहाँकी हिँड्छ : प्रधानमन्त्री

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

आज नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी कमजोर हुँदा अपराधीले पनि टेर्न छाडेका बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए । प्रधानमन्त्रीले भने, ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए‘ किन हेरेको भनेर । ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्‍या भन्छ ? उल्टै हप्काउँछ ।’