७ असार २०८३, आइतबार

मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २६ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

गएराति अस्पतालमै पुगेर मुख्यमन्त्री सिंहले विरामीको उपचारमा लापरवाही गरेको र दर्ता पनि नरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

राति ११ बजे अस्पतालमा पुगेर मुख्यमन्त्री सिंहले अस्पतालको दर्ताको कागजात मागेका थिए । तर अस्पतालले दर्ताको कागजात उपलब्ध गराउन नसकेपछि मुख्यमन्त्रीले सरकारलाई अस्पतालको साँचो बुझाउन निर्देशन दिएका हुन् ।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीया बबिता कुमारी यादव अहिलेसम्म बेहोस छिन् ।

उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन मुख्यमन्त्रीले अल्टिमेटम दिएका हुन् ।