२५ असार २०८३, बिहिबार

एमएडब्लूले जित्यो ‘डिलर अफ द इयर’ अवार्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर २०२५’ प्राप्त गर्न सफल भएको छ । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टिलगायतका उपलब्धिहरूको कदर स्वरूप एमएडब्लूलाई यो अवार्ड प्रदान गरिएको हो ।

यो अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्दछ । ‘यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि हाम्रा सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू हृदयदेखि नै धन्यवादका पात्र हुन् ।’ कम्पनीले भनेको छ ।

जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट अवार्ड प्रदान गरेका थिए ।

नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको छ ।