
काठमाडौं, २५ माघ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंक लिमिटेडबीच किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् । करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।








प्रतिक्रिया