३० जेष्ठ २०८३, शनिबार

बलिउड अभिनेता सोनु सुदविरूद्ध पक्राउ पुर्जी जारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २५ माघ । पञ्जाबको एक अदालतले बलिउड अभिनेता सोनु सुदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

उनलाई १० लाख रुपैयाँ ठगीसम्बन्धी मुद्दामा बयान दिन बोलाइएको थियो तर, कयौं पटक बोलाए पनि अभिनेता सोनु साक्षी दिन आएनन् । त्यसपछि पञ्जाबको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अब यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी १० मा हुनेछ ।

पञ्जाबको लुधियानाका न्यायिक मजिस्ट्रेट रमनप्रीत कौरले बलिउड अभिनेता सोनुविरुद्ध पक्राउ वारेन्ट जारी गरेका हुन् ।

लुधियानाका वकिल राजेश खन्नाले मोहित शुक्लाविरुद्ध १० लाख रुपैयाँको ठगीको मुद्दा दायर गरेका छन् । आफ्नो उजुरीमा वकिल राजेश खन्नाले आफूलाई नक्कली रिजिका सिक्कामा लगानी गर्न प्रलोभनमा पारेको आरोप लगाएका छन् । यसबाहेक उनले आफ्नो उजुरीमा अन्य धेरै गम्भीर आरोप लगाएका छन् ।

उजुरीअन्तर्गत सोनुलाई बयानका लागि अदालतमा बोलाइएको थियो । तर, बारम्बार आदेश जारी हुँदा पनि सोनु बयान दिन अदालतमा उपस्थित भएनन् । उनी अनुपस्थित भएका कारण अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।यो वारेन्ट ओशिवारा पुलिस स्टेशन, अंधेरी वेस्ट मुम्बईमा पठाइएको छ । जसमा अभिनेतालाई पक्राउ गरी अदालतमा पेश गर्न निर्देशन दिइएको छ ।