१९ असार २०८३, शुक्रबार

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९.०१ प्रतिशतले घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च अनुमानलाई १८ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारिदिएका हुन् ।

आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमार्फत आर्थिक क्रियाकलापमा तिब्रता ल्याउने उद्देश्यसहित कार्यान्वयनमा रहेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको अवस्था मिश्रित रहेको अर्थमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।