३१ जेष्ठ २०८३, आइतबार

फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मका लागि देशभरका हलमा बुकिङ खुला भएको छ ।

फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४, वान सिनेमाज ४, एफक्यूब चाबहिलले २, बीग मुभिज ३, कीर्तिपुर सिनेप्लेक्स कीर्तिपुरले २, आइएनआईले ७, रञ्जना सिनेप्लेक्सले २, इलाइट सिनेमाजले ३, पाथीभरा सिने प्लाजाले २, सिने रोयलले २, विश्वज्योति सिनेमाले २ शो दिएका छन् ।

निर्माता दीपकप्रसाद घिमिरेका अनुसार फिल्मको बुकिङ सुखद रहेको छ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।

फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।