२४ जेष्ठ २०८३, आइतबार

भायानेटद्वारा देवकोटा आधारभूत विद्यालयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २४ माघ । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवास्थित देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ । यस सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल, शार्पनर , इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे ।

भायानेट कम्युनिकेसनले आफ्नो सीएसआर कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आइरहेको छ । संस्थाले शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्‍याउन प्रतिबद्धता जनाएको छ । यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य भायानेटले राखेको छ ।