२३ जेष्ठ २०८३, शनिबार

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । यो सहयोग फउण्डेसनमा अध्यनरत विधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ ।

एक कार्यक्रमका बीच कम्पनिका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले पाँच लाख रुपैयाँ फाउण्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई हस्तान्तरण गरेका थिए । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।

कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आइरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।