१६ असार २०८३, मंगलबार

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ माघ । सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपता भएका युवकको शव फेला परेको छ ।

सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो ।

राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।

एनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार राती सम्म र पुनःबुधबार बिहान खोजी गरिएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ ।