४ असार २०८३, बिहिबार

मिथिला लघुवित्तको खुद नाफा ३ करोड ७४ लाख

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ६७.१६ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो ।

हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १९९.३८ रुपैयाँ छ । यसको सञ्चालन नाफा ३६६.६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । यसको खराब कर्जा भने बढेर ४.४७ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ ।