२ असार २०८३, मंगलबार

रविलाई धरौटीमा छोड्ने निर्णय त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतमा पुनरावेदनको तयारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्व जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदनको तयारी गरेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछाने सहितका व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएकोमा उक्त आदेश त्रुटिपूर्ण भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा निवेदन दिने प्रक्रियाका लागि उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाएको हो। शुक्रबारसम्म पुनरावेदन भइसक्ने बताइएको छ ।

धरौटीमा रिहा भएका ४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट उच्च सरकारी वकिललको कार्यालय पाटनमा फाइल पुगेको हो ।

जसमा रवि लामिछाने, नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी, सहकारीका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामालाई थुनामै राख्न माग गरिएको छ ।