२७ जेष्ठ २०८३, बुधबार

एकीकृत समाजवादी परित्याग गरी दर्जन बढी नेताकार्यकर्ता एमालेमा प्रवेश

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २२ माघ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा समाहित भएका छन् ।

एमाले सिन्धुलीको तीन महीने अभियान महिने पुराना जगाउँ, नयाँ बढाऊँ अभियानको अभिमुखिकण कार्यक्रमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाल लगायत एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल र एमालेका केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज मनोज जंग थापाले स्वागत गरे ।

एमाले बागमती प्रदेश कमिटीद्वारा तीन महिने जरा केन्द्रित अभियानको सन्दर्भमा सिन्धुली पुग्नुभएका प्रदेश अध्यक्ष ढुंगेलले पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल बार एसोसिएसन सदस्य र रुक्मणी थापालाई एमालेमा स्वागत गरेका एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

सिन्धुली जिल्ला इञ्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य मनोज जंग थापाले नेकपा एमाले मात्र नेपाली कम्युनिस्ट आन्दोलनको केन्द्र भएको धारणा राखे ।