८ असार २०८३, सोमबार

बेलायती राजकुमार पनि नेपाल आइपुगे

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी श्रीमती सोफियासहित ६ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

आज बिहान उनकी श्रीमती राजकुमारी सोफिया काठमाडौं आइसकेकी छिन् । दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ ।

भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत बताइएको छ ।