१० असार २०८३, बुधबार

सारिका घिमिरेको नयाँ गीत ‘झुम्के फुली’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । सारिका घिमिरेको शब्द, संगीत र स्वरमा नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन् ।

सारिकाले यसअघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिइसकेकी छिन् । सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन् ।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त रहेको छ ।