२५ जेष्ठ २०८३, सोमबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.३७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.२४ प्रतिशत बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

यता, खुद बीमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३७ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरैको छ ।

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८३ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा छ ।