५ असार २०८३, शुक्रबार

जीवन विकास लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको १५.५७ प्रतिशतले खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यसअवधिका खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ हजार रुपैयाँ पुगेको छ । यता सञ्चालन आम्दानी पनि १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ छ ।

पुस मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ८ पैसा छ ।