
काठमाडौं, २१ माघ । पाथीभरामा केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र सरकारबीच आज पहिलो चरणको वार्ता भएको छ ।
आज ललितपुरको हिमालय होटलमा भएको वार्ता सकारात्मक भएको बताइएको छ । बैठक भोलि मंगलबार पुनः बस्ने सहमति भएको हो ।
सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् ।
यस्तै वार्ताका लागि आन्दोलनरत पक्षबाट अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति गठन गरिएको हो । समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सह) रहेका छन् ।









प्रतिक्रिया