
काठमाडौं, २१ माघ । पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ । रियालिटी शोप्रति दर्शकको चासो पनि बढ्न थालेको छ । आज ‘वसन्त पञ्चमी’को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शो ‘कमेडी किड्स’को लोगो सार्वजनिक गरिएको हो ।

बालबालिकाहरुलाई लक्षित गरी निर्माण गरिने शोमा चारदेखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए । फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुला गरिने पनि उनले बताए ।
सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ । डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ । शो प्रशारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको बताइएको छ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।








प्रतिक्रिया