
काठमाडौं, २१ माघ । प्रेस चौतारी नेपाल बझाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा सुरेश धामी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा कर्ण धामी, अन्तिमा खड्का निर्वाचित भएका हुन् ।
सचिवमा वचनराज जोशी निर्वाचित हुँदा सहसचिवमा सुरेन्द्रबहादुर खत्री र सपना खाती निर्वाचित भए भने कोषाध्यक्षमा शमी खत्री चुनिएका छन् ।
सदस्यमा सिजन थापा, पुतलीकुमारी ऐडी, सावित्री रोकाया र शान्ति धामी निर्वाचित भए । केन्द्रीय प्रतिनिधिमा वसन्तप्रताप सिंह र सन्जिता धामी निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा लक्ष्मी धामी र दीपकराज जोशी चुनिए ।









प्रतिक्रिया