३० असार २०८३, मंगलबार

माओवादी नेताहरुको कार्यविभाजन तोकियो, यस्तो छ जिम्मेवारी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र) ले नेताहरुको कार्यविभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए । उनले भने, ‘प्रदेश नं. १ मा उपमहासचिवमा हरिबोल गजुरेल इन्चार्ज तोकिनु भएको छ । मधेस प्रदेशमा उपमहासचिवमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमादिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल तोकिनु भएको छ । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवाससार्क समितिमा लक्ष्मण पन्त इन्चार्ज तोकिनु भएको छ । युरोप–अमेरिका अन्तरसमितिमा राम कार्की तोकिनु भएको छ । यसैगरी प्रवास एसिया समितिमा ओम शर्मा तोकिनु भएको छ ।’

बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए ।