२८ जेष्ठ २०८३, बिहिबार

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे ।

“विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ ।’’, विद्यार्थीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुुपर्छ ।’’

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव दिए । उनले विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र अशल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए ।

नेपालको भलाइका लागि तपाईँले देखेको सबैभन्दा ठुलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठुलो सपना भएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरुले उनका रुचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।