१ असार २०८३, सोमबार

रवि लामिछानेविरूद्व आज चितवनमा मुद्दा दर्ता गरिँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व आज चितवमा पनि मुद्दा दर्ता हुँदैछ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा लामिछाने सहित १४ जना र ६ वटा संस्थाविरूद्व आज जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न लागेको हो ।

रविसहितविरूद्व ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता हुनेछ ।

लामिछाने यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका हुन् ।