
काठमाडौं, २० माघ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रियस्तरको सम्पत्ती शुद्धीकरण (एएमएल) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (सीएफटी)सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गत शुक्रबार सम्पन्न कार्यक्रममा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सन नेपाल लाइफका सीईओ राजकुमार अर्यालले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू र व्यवसायिक नैतिकतासम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए । साथै, उनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथामसम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू, तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।

सन नेपालले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास, तथा नियम कानुनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ । बीमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको छ ।









प्रतिक्रिया