२३ जेष्ठ २०८३, शनिबार

उमा गौरी सहकारीका अध्यक्ष रौनियार कारागार चलान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० माघ । मोरङको उमा गौरी सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

धनपालथान गाउँपालिकामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उमा गौरी कृषि सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको पाइएको छ ।