२५ जेष्ठ २०८३, सोमबार

एलिना चौहानको आग्रह– निजी जीवनबारे धेरै चर्चा नगरिदिनुहोस्

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् ।

गायिका चौहानले शनिबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन् । आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि विवाहपछि नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गासिएको उल्लेख गरेकी छिन् ।

विवाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन् ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन् ।

अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् ।

निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।