
मुम्बई, १९ माघ । अक्षय कुमार र वीर पहाडिया स्टारर फिल्म ‘स्काई फोर्स’ले एक सातामा १०० करोड बढी कमाएको छ । फिल्मले बिहीबार ५.६४ करोड कमाएको छ । यसका साथै फिल्मले विश्वभर १०० करोडको आँकडा पनि पार गरिसकेको छ ।
अक्षय कुमारका पछिल्ला चार फिल्मको सङ्कलन हेर्दा स्काई फोर्सको कमाइले उनलाई पक्कै पनि राहतको सास दिनेछ । तर, शाहिद कपूरको फिल्म ‘देवा’ रिलिज भए पछि ‘स्काई फोर्स’को कमाईमा केही गिरावट आउन भने सक्छ ।फिल्मले विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ । हालसम्म यसले विश्वभर १०४.७५ करोड रुपैयाँ संकलन गरिसकेको छ ।
अक्षय कुमारका पछिल्ला दुई फिल्म ‘खेल खेल में’ले ४०.३६ करोडको अल टाइम कलेक्सन गरेको थियो । योसँगै ‘सरफिरा’ले २२ करोड मात्रै कमाएको थियो । अब स्काई फोर्सको प्रदर्शनले अक्षयलाई राहत दिएको हुनुपर्छ । अक्षयको अन्तिम सुपरहिट फिल्म ओएमजीः २ थियो, जसको कुल कलेक्सन १५०.१७ करोड थियो ।









प्रतिक्रिया