
काठमाडौं, १८ माघ । नेपालमा मिशलिन टायरको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ ।
सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो ।
मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ । अब ग्राहकहरुले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टिएल (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टिटी (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन् ।
पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो । जसअनुसार, पहिले (११,५९९ रुपैयाँ) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टिएल ( ९, ९९९ रुपैयाँ) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् ।
यस्तै, मिशलिन सिटी प्रो टिटी (७,६९९ रुपैयाँ)मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (५, ५५५ रुपैयाँ) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ । यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ । अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने जनाइएको छ । जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् ।
सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन आफ्ना सम्पूर्ण ग्राहकहरुमा हार्दिक अनुरोध गरेको छ ।








प्रतिक्रिया