१७ असार २०८३, बुधबार

सभामुख घिमिरे र रवि लामिछानेबीच भेटवार्ता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निलम्बित सांसद रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज लामिछानेले सिंहदरबारमा पुगेर सभामुखसँग भेटवार्ता गरेका हुन् ।

आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखलाई लामिछानेले आग्रह गरे । उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि निवेदन बुझाएका हुन्।