
काठमाडौं, १८ माघ । गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ ।
यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, सञ्चालन नाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।









प्रतिक्रिया