३१ असार २०८३, बुधबार

विद्यालय शिक्षा ऐन नआए राजीनामा दिने शिक्षामन्त्रीको घोषणा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने घोषणा गरेकी छिन् ।

आज नेकपा (एमाले) को भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै मन्त्री भट्टराईले ऐन आउँदैन, विधेयक बन्दैर भने पदमा नबस्ने घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’ राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन्।’