
काठमाडौं, १७ माघ । प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बिहीबार सम्पन्न जिल्ला अधिवेशनले नवीन लुइँटेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्ष र महिला उपाध्यक्षमा अशोक दुलाल र शान्ति घिमिरे निर्वाचित भएका छन् ।
संगठनको सचिवमा सन्तोष दाहाल निर्वाचित भए भने सहसचिवमा लक्ष्मण दुलाल र रवि महर्जन निर्वाचित भएका हुन् । कोषाध्यक्षमा समीर थापा चुनिएका छन् । सदस्यहरूमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी र ज्ञानु दुलाल निर्वाचित भए ।
केन्द्रीय पार्षद् बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल र सन्तोष दाहाल निर्वाचित भएका हुन् ।प्रदेश पार्षद् जिबी लामा, सौगात मिश्र, नवराज सञ्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य र विधान रिजाल निर्वाचित भएका छन् ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामा लगायतले मन्तव्य राखेका थिए ।








प्रतिक्रिया